विदेशी कामदारले सामना गरिरहेका धेरै चुनौति र समस्याहरू छन्। कोही आवेदकको लापरवाहीका कारण सामना गरिरहेका छन्, कोही नक्कली एजेन्सीको कारण र कोही नयाँ परिस्थितिको कारण। त्यसैले आवेदन गर्नु अघि तपाई सतर्क हुनुपर्दछ र केहि सावधानी अपनाउनु जरूरी पर्दछ।

विदेशी कामदारहरूले सामना गर्नु परेका चुनौतिहरू यस प्रकारका छन्ः

-विशेष गरी वैदेशिक रोजगारीका लागि सिप भएको वा सिप नभएको वा थोरै सिप भएको कामदारहरू जाने गर्दछन्। ज्ञान र सचेतताको अभावको कारण कहिलेकाँही सम्झौतामा उल्लेख गरिएको भन्दा समान  प्रकारको काम र तलब नपाउन सक्छन्।त्यसैले यस अवस्थामा केही कामदारहरूले नरुचाईएको काममा जबरजस्ती काम गर्नु पर्छ किनभने कुनै अन्य रोजगारदाताहरूले उसलाई काममा लिन तयार हुनेछैनन्।

-कहिलेकाँही कामदारहरूले बिना कुनै छुट्टीको लामो घण्टा काम गरे पनि समयमै ज्याला नपाउन पनि सक्छन्। 

-विदेशी भूमिमा कामदारहरूले देखेका मुख्य चुनौती शोषण पनि हो।  धेरै नेपालीहरु मानसिक, शारीरिक र यौन शोषणको सिकार भएका छन्। यदि यस्तो तपाई माथि पर्न गएमा तुरून्तै आफ्नो सुरक्षालाई  ध्यानमा राखेर नजिकैको सम्पर्क व्यक्ति वा तपाईले काम गरिरहनुभएको देशको नजिकको नेपालको दूतावासमा तुरुन्त सम्पर्क गर्नुहोला।

-सुरक्षा प्रशिक्षणको अभावको कारण दुर्घटनाहरु र कहिलेकाँही मृत्यु सम्मको समस्या पनि आउन सक्छ। त्यसो हुन नदिन तपाईले आफ्नो मातृभूमिमा पहिलानै सुरक्षा प्रशिक्षण लिनु पर्छ।

-अर्को मुख्य समस्या भाषा अवरोधहरूको समस्या हो। त्यसकारण कुनै पनि देशमा काम गर्न जान पहिले त्यस देशको आधारभूत स्थानीय भाषा सिक्नु राम्रो हुन्छ।

-यस क्षेत्रमा केहि फटाहा एजेन्टहरुको कारणले कहिलेकाँही कामदारहरूलाई उपयुक्त कागजातको कमिले गैरकानुनी आप्रवासीको रूपमा लिइन्छ र उनीहरू आफ्नै देश फर्कनु बाध्य हुनुपर्छ। त्यसैले कुनै पनि एजेन्टबाट वैदेशिक रोजगारीका लागि आवेदन दिन अघि तपाईले ध्यान दिन अति आवश्यक छ।

-अर्को चुनौती जुन कोहीले पनि महसुस गर्न सक्ने भनेको नराम्रो आवास र खानाको हो। नयाँ भूमिमा जादा विशेष गरी जब तपाई वैदेशिक रोजगारीका लागि जानुहुन्छ, परिस्थिति स्वदेशको जस्तो हुन्दैन। तपाईले भनेको  जस्तो आवास र खाना नपाउन पनि सक्नुहुन्छ।

Comments

Leave a Comment

Your email address will not be published.