विदेशमा काम गर्नु नै सबैभन्दा गाह्रो निर्णय हो तर यो पनि भन्छन् राम्रो चीजहरु ती मानिसहरुले पाउँछन् जसले कडा मेहनत गर्न जान्दछ। राम्रो जीवनस्तर पाउनको लागि कयौँ नेपालीहरुले वैदेशिक रोजगारको बिकल्प रोज्ने गरेका छन्। वैदेशिक रोजगारको धेरै फाईदाहरु छन्।
- सबैभन्दा पहिले र मुख्य कुरा यो हो कि तपाई नेपालको तुलनामा विदेशमा बढी आम्दानी गर्न सक्नुहुन्छ। यसले तपाईंको जीवनशैली केही हदसम्म बढाउन मद्दत गर्दछ।
- जब हामी एक देश बाट अर्को देशमा सर्छौ नयाँ वातावरणले तपाईलाई आत्मविश्वास दिलाउन मद्दत गर्दछ। अपरिचित अवस्थाको स्थितिले तपाईलाई अझ आत्मविश्वास र स्वतन्त्र बनाउँछ।
- नयाँ संस्कृति र भाषाले तपाईलाई तपाईको बोल्ने क्षमता बलियो बनाउन मद्दत गर्दछ। जब तपाईसँग बिभिन्न भाषाहरूका मानिससँग कुराकानी गर्न आवश्यक पर्दछ यसले तपाईको क्षमता विश्वस्त बनाउँदछ।
- विदेशमा काम गरीरहदा त्यस देशको साथ साथै अरु देशको भ्रमण गर्ने र नयाँ चीजहरूको अन्वेषण गर्ने मौका पाउनुहुनेछ।
- विदेशमा काम गर्दा तपाईलाई व्यावसायिक र व्यक्तिगत रूपमा बढ्न मद्दत गर्दछ। नयाँ वातावरणमा काम गर्दा तपाईलाई भावनात्मक रूपमा बलियो बनाउन मद्दत गर्दछ र तपाईको व्यावसायिक र व्यक्तिगत सीप विकास गर्दछ।
- जब तपाई एक पटक विदेशमा काम गर्ने अनुभव प्राप्त गर्नुहुन्छ, यसले तपाईको CV बलियो बनाउन मद्दत गर्दछ र भविष्यका लागि तपाईको आफ्नै मातृभूमिमा साथै अन्य देशहरूमा बढी अवसरहरूको लागि मार्ग खुल्छ।
- विदेशी भूमिमा कमाएको आय तपाईको आफ्नै मातृभूमिमा कमाएको भन्दा बढी छ। तपाईले राम्रो आय आर्जन गर्ने मौका पाउनुहुनेछ र यसले तपाईको जीवनलाई खुशी र सन्तोषजनक बनाउन मद्दत गर्दछ।
- राम्रो कमाई र बचतको साथ यसले भविष्यलाई सुरक्षित बनाउन मद्दत गर्दछ।
Comments