पुलिस रिपोर्ट त्यो कागजात हो कि जसमा सम्बन्धित व्यक्ति कुनै आपराधिक गतिविधिमा संलग्न भए नभएको थाहा पाउन सकिन्छ। यसलाई अक्सर चालचलन प्रमाणपत्र वा पोलिए क्लियरन्स प्रमाणपत्र पनि भनिन्छ र यदि तपाईले वैदेशिक रोजगारका लागि आवेदन दिइरहनु भएको छ भने तपाईले रिपोर्ट बनाउनै पर्छ।

अब पुलिस रिपोर्ट बनाउने प्रणाली परिवर्तन गरिएको छ। पहिले तपाई आफैले पुलिस कार्यालय भ्रमण गरि निबेदन दिएर  पुलिस रिपोर्ट बनाउन पर्ने थियो तर आजकल तपाईले अनिवार्य अनलाइन फारम बुझाउनु पर्छ।

यसका लागि तपाईले वेबसाइट https://opcr.nepalpolice.gov.np/#/login मा गएर Register गर्नु पर्छ। तपाईले आफ्नो नाम, फोन नम्बर, ईमेल आईडि राखेर Register गर्नु पर्ने हुन्छ। त्यस पछि तपाईले आफ्नो मेलमा पासवर्ड पाउनुहुनेछ। अब तपाईले आफ्नो ईमेल आईडी र पासवर्डले लगईन गर्नु पर्छ। सुरक्षा उद्देश्यका लागि तपाईले पासवर्ड परिवर्तन गरेर पुन: लगइन गर्नु पर्ने हुन्छ। त्यसपछि आवेदन फारम खुल्छ। पहिले तपाईको सबै व्यक्तिगत विवरणहरू पासपोर्टमा लेखिए बमोजिम भर्नु पर्छ त्यसपछि ठेगाना विवरणहरू अनि कागजातहरू अपलोड गरि सबमिट गर्नु  पर्छ।  यसको २-३ दिन पछि तपाईले आफ्नो मेल मार्फत तयार पुलिस रिपोर्टको बारेमा सूचना पाउनुहुनेछ। त्यसो भए पछि तपाईले आफ्नो आईडी पासवर्डको साथ उही वेसाइट https://opcr.nepalpolice.gov.np/#/login लगइन गरेर रिपोर्ट डाउनलोड गरी पुलिस मुख्यालय, नक्सालमा रिपोर्ट, नागरिकता, राहदानी र उही अपलोड गरिएको फोटो लिएर सक्कल पनि रिपोर्ट लिन सक्नुहुन्छ। 

पुलिस रिपोर्टको लागि तपाईसँग निम्न कागजातहरूको सफा scan कपी हुनु आवश्यक छ ।

- तपाईको हाल्सालै खिचिएको फोटो ।

- यदि तपाई १६ बर्ष भन्दा कमको हुनुहुन्छ भने माइनर प्रमाणपत्र ।

- यदि तपाई १६ बर्ष  भन्दा माथिको हुनुहुन्छ भने नागरिकता प्रमाणपत्र ।

- यदि तपाई पति / पत्नीको नामको साथ दर्ता गर्न चाहानु हुन्छ भने विवाह प्रमाणपत्र ।

- यदि तपाईले भर्खर आफ्नो बसाई सराई गर्नु भएको छ भने ठेगाना प्रमाणिकरण कागजात ।

- यदि तपाईले भिसा उद्देश्यका लागि आवेदन गर्दै हुनुहुन्छ भने राहदानी कागजात ।

- यदि तपाई विदेशमा बस्दै हुनुहुन्छ भने प्रस्थान कागजात ।

Updated Dec, 2020

Comments

Leave a Comment

Your email address will not be published.