एमआरपी आकारको फोटो खिचाउनको लागि तपाईंले निम्न मापदण्डको याद गर्न आवश्यक छ।
- फोटो को आकार ३५*४५ mm को हुनु पर्छ।
- फोटो रंगीन र छ महिना भित्र लिएको हुनुपर्छ।
- तपाईले सिधा क्यामेरामा हेर्नु पर्छ ताकि कानहरू देख्न सकुन्, अनुहारको हेराई प्राकृतिक होस् र प्राकृतिक बाहेक कुनै दागहरू हुनुहुन्न।
- आँखा खुला र स्पष्ट हुनु पर्छ। यदि तपाई चश्मा लगाउनु हुन्छ भने चश्माको फ्रेम पातलो र हल्का रंगको हुनुपर्दछ र आँखा स्पष्ट देखिनु पर्छ र चम्किलो हुनुहुन्न। अथवा तपाईले आफ्नो चश्मा हटाएर फोटो लिन सक्नुहुन्छ।
- विशेष धार्मिक कारण बाहेक, टाउको खुला हुनुपर्छ र कुनै गहना लगाउनु हुँदैन।
- चित्रको पृष्ठभूमि सादा र सेतो रंगको बिना किनारा हुनुपर्दछ।
- छाया बिनाको अनुहारमा समानुपातिक उज्ज्वल हुनुपर्दछ। उचित मात्रामा प्रकाश दिइनु पर्दछ र उज्यालोको कारण रातो आँखा हुनु हुँदैन।
- फोटो राम्रो कागजमा छाप्नु पर्छ।
Comments